के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।
यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।
१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।
२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।
- Code:
javascript:void(document.onselectstart=null)
३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर पेस्ट गर्नुहोस् ।
4 comments:
hello - when I tried to copy text of this page to word and note pad, nepali fonts are not displayed. Please suggest how can I copy nepali font also .......
Dipankar jee, युनिकोड नेपाली कपि गरेर word मा पेस्ट गर्दा बक्स बक्स आयो भने तपाईंले आफ्नो कम्प्युटरमा XP को सि.डि disk मा हाल्नुहोस् र control pannel मा गएर Regional and Language Option खोल्नुहोस्। त्यहा Language Tab मा गएर "Complex script and right-to-left languages" को check बक्समा tick लगाइदिनुहोस् र ओके गरिदिनुहोस्। कपि भईसकेपछि कम्प्युटरलाई restart गर्नुहोस् र फेरी Regional and Language Option खोल्नुहोस् र Language Tab मा गएर Details मा क्लिक गर्नुहोस्, settings Tab कै तल add मा क्लिक गर्नुहोस् र input language मा Sanskrit राखिदिनुहोस् र तल keyboard layout नेपाली राखिदिएर ओके गर्नुहोस् ।
Thank you Ramesh ji. Your suggestion worked. Thank you again for nice work. GOD bless u.
sir namaskar feri pani tapailai satauna man lagyo.tara k garne najane pachhi.tapaile vane bamojim java code copy garera pest garda peg not found vanchha.kasari text copy garna sakinchha.plz detail ma batidinu hun6 ki.
Post a Comment