सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पूर्णतया गोपनियता दिने " सर्च ईन्जिन"



एउटा डच कम्पनीले एउटा यस्तो सर्च ईन्जिन बिकसित गरेको दावी गरेको छ जसले ईन्टरनेट उपभोक्ता सँग जोडीएको निजीपन (गोपनियता) को पूर्णतया ग्यारेन्टी दिनेछ । समाचार एजेन्सी डिपीए का अनुसार ixquick (www.ixquick.com) एउटा यस्तो "मेटा सर्च ईन्जिन" हो जसले आफ्नो सर्च नतिजा निकाल्न अर्को धेरै सर्च ईन्जिनहरुको नतिजाहरुलाई प्रयोग गर्छ । साथसाथै यो सेवा बिभिन्न १८ वटा भाषाहरुमा उपलब्ध छन । यो सेवा सन्चालन गर्ने कम्पनीका भनाइ अनुसार "ixquick नै मात्र एउटा यस्तो सर्च ईन्जिन हो जसले IP address लाई स्टोर गर्दैन । यसैमा उपभोक्ताहरुको ईन्टरनेट निजता (गोपनियता) को पूर्ण ग्यारेन्टीको शुत्र लुकेको छ ।"
यसमा उल्लेखनिय (स्मरणिय) कुरा के छ भने अहिले उपलब्ध अरु सर्च ईन्जिनहरुले "ईन्टरनेट प्रोवाइडर ठेगाना" (IP Adress) लाई store गरीराखेका हुन्छन । त्यसैले तपाईं आफ्नो पूर्णतया गोपनियता बाट बन्चित हुनु परिरहेको हुन्छ । साथसाथै ईन्टरनेट अपराधीहरुलाई नेट उपभोक्ताहरुको सर्च गतिबिधी थाहा पाउनमा सजिलो हुने गर्छ ।

यो नयाँ सर्च ईन्जिनले आफ्नो सर्भर बाट IP address अथवा कुनै पनि अनाम फाइलहरु store गर्दैन जबकी यसले यस्तो IP Adress र अनाम फाइलहरुलाई नष्ट गरीदिन्छ ताकी साईबर अपराधीहरुले कुनै उपभोक्ताको निजी ईन्टरनेट गतिबिधीहरुको पत्तो नपाउन् ।

लौ अब तपाईं पनि यो सर्च ईन्जिनको प्रयोग गरिहेर्ने कि ?

सर्च ईन्जिनमा जान यहाँ क्लिक गर्नुहोला ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु