सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अश्लील साइटमा प्रतिबन्ध

सरकारले ईन्टरनेटबाट प्रसारण हुने अश्लील वेबसाईटहरुमा प्रतिबन्ध लगाएको छ । नाङगा र अश्लील सामाग्रीले समाजमा उछ्रिङ्गलता उत्पन्न गराइ शान्तिसुरक्षामा गम्भिर असर परेको भन्दै बुधवार देखीनै यस्तो साईटहरुमा प्रतिबन्ध लगाइएको हो ।
गृहमन्त्रालयमा बुधवार बसेको शान्तिसुरक्षा महाशाखाको बैठकले अश्लील र नाङगा साईटहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रालयले बुधवार नै नेपाल दुरसन्चार प्राधिकरणलाई पत्र लेखी नाङगा र अश्लील साईटहरु तुरुन्त बन्द गराउन निर्देशन दिएको शान्तिसुरक्षा महाशाखाका उपसचिब एकमणी नेपालले जानकारी दिए । बिद्दुतिय कारोबार ऐन , २०६३ अनुसार यसरी अश्लील सामाग्री प्रसारण गरी गैरकानुनी कार्य गर्ने ब्यक्तीलाई एक लाख सम्म जरिवाना र पाँच बर्ष सम्म कैद गर्न सकिने ब्यवस्था छ ।
"हामी बिहीवारदेखि नै यसको कडा कार्यान्वयनमा जान्छौ, यदि कसैले उल्लंघन गरेमा कडा कार्यवाही गर्छौ", उपसचिब नेपालले भने । उपसचिब नेपालका अनुसार यस्ता अश्लील साईटहरु बन्द गराउन गृह मन्त्रालयमा उजुरीको ओईरो लागेको थियो । बिशेष गरी जवान छोराछोरीका अभिबावकले गृह मन्त्रालयमा उजिरी गरेका थिए ।गृह मन्त्रालयले त्यस्ता साईटहरु हेरे पछि युवायुवतीहरुमा अपराधिक मनोबिज्ञानमा बृदि भएको समेट पाइएको बताएको छ । मन्त्रालयले गरेको एक अध्ययन अनुसार शहरबजारमा हुने अपराध मध्य झन्डै आधा जती अपराध नाङो तश्बिर र अश्लील साईटहरुको कारण हुने गरेको पाईएको छ । यौन र नाङगा प्रब्रित्तीका वेबसाईटहरु ठुलो सँख्यामा प्रसारणमा छन । गृह मन्त्रालयले ति वेबसाईटहरु कसले कहाँ बाट सन्चालन गरिरहेको छ भन्ने बारेमा पनि गोप्य अनुसन्धान गर्दै आईरहेको छ । "निर्देशनको अटेर गर्ने माथि छानबिन र अनुसन्धान गरी कारबाही प्रकृया तत्काल अघि बढाउछौं", उपसचिब नेपालले भने ।
गृहमन्त्रालयले यसअघि नै फेसबुक सन्चालन बाट नेपाल प्रहरीमा बिकृति उत्पन्न भएको भन्दै प्रहरी प्रधान कार्यालयमा फेसबुक सन्चालनमा रोक लगाइसकेको छ । यद्यपि सिंहदरवार लगाएत अन्य सरकारी कार्यालयहरुमा भने फेसबुक सन्चालनमा रोक लगाइएको छैन ।
साभार: नयाँ पत्रिका

हेरौं ईन्टरनेट संसारमा च्याउसरि उम्रेका फली फूली सकेका यस्ता वेबसाईटहरुमा प्रतिबन्ध लगाउने गृहमन्त्रालयको निर्णय स्वागत गर्न योग्य नै तर कहिले देखी कार्यान्वयन हुन्छ तथा यस्ता कुन कुन साईटहरुमा प्रतिबन्ध लाग्छ त्यो भने हेर्न बाँकी नै

4 comments:

Unknown said...

balla aakha khulechha

Anonymous said...

साच्चै पहिले खुलेको भय कती राम्रो हुन्थ्यो हगि

Anonymous said...

yug kahadekhi kaha pugisakyo muji fyaure ho desh bikash nagari yestai yestai kura ma pachadi par

Sanskriti KC said...

desh bikas garana yo sano tino kura ma kina matlab.. sabidhan samaya ma banau aafno kaam garnu 6aina yasata ghina kura ma kina aljhanu... yesta site le sambidhan banauna k badha gareko 6??? aafno kaam k ho sikaunu parne khate neta haru ??/

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु