सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

"रिमाइण्डर साईट" तपाईंको साथी बन्न सक्छ कि ?


आजकलको ब्यस्त दिनचर्यामा मानिस यति ब्यस्त भईसकेका छन कि कहिले काही आफ्नो जरुरी काम पनि याद हुँदैन । कहिलेकाही हामी आफ्नो शेड्युल अथवा आउने दिनहरुको प्लानिङग गर्नको लागि डायरीको प्रयोग गर्छौ । तर आजभोली मोबाईल र ईन्टरनेटले गर्दा धेरैले यसलाई पनि प्रयोग गर्न छाडीसकेका छन । मोबाईल मै पनि हामी शेड्युल वा रिमाइण्डर जस्ता सुबिधा प्रयोग गरेर महत्वपूर्ण दिनहरु वा कुनै याद गर्नु पर्ने कुराहरुको सुचना पाउन सक्छौ तर पनि कमैले मात्र यसलाई प्रयोग गर्ने गरेका छन । यसको कारण कसै सँग यस्ता एड्भान्स फोन नहुनु वा भएर पनि मोबाईलमा डाटा फीड गर्न झन्झट हुनु ले हो ।
यहाँ चर्चा गर्न लागिएको कुरा के हो भने यदि ईन्टरनेट संसारमा हेर्ने हो भने फ्रीमा यस्तै सुबिधाका लागि खुलेका धेरै साईटहरु पाउन सक्छौ जसको प्रयोग गरेर हामीले कुनै खास दिन तारिख वा समय लाई भुल्ने छैनौं । अहिले यहाँ यस्तै एउटा साईटको बारे जानकारी दिन लागिएको छ ।

आजभोली ईन्टरनेटको जमानामा ईमेल त सामान्य नै भई सकेको छ र हामी दिनको एकपल्ट त अबस्य पनि आफ्नो ईमेल चेक गर्छौ ... । यस्तोमा यदि तपाईं चाहनु हुन्छ कि कुनै चिज तपाईंलाई बारम्बार याद हुनु जरुरी छ जुन तपाईंले आफ्नो ब्यस्तताको कारणले भुल्ने गर्नु हुन्छ, अथवा तपाईंलाई एक हप्ता पछी एक ठाउमा जानु छ जुन तपाईंले बिर्सन सक्नु हुन्छ ... आदि आदि ।

यस्ता कुराहरु रिमाइण्ड गरीराख् नको लागि
www.resnooze.com
काममा आउन सक्छ ।

यो साईटमा गएर तपाईंले आफ्नो ईमेल address ,सम्झिनु पर्ने कुरा र सम्झाउने अबधी ( दिनदिनै, साप्ताहिक वा मासिक ) टाईप गरेर send (Resnooze) गर्नु पर्ने हुन्छ । त्यसपछि वेबसाईट आँफैले तपाईंलाई messege गर्नेछ र गरिरहनेछ जब सम्म तपाईंले यसलाई रोक्नु हुने छैन । तपाईंलाई कुनै वेबसाईटको url सम्झनु पर्ने छ, कुनै साथीलाई दिएको बुक फिर्ता गर्नु पर्ने छ, कुनै घटनाको बारे खाश दिनमा सम्झिनु पर्ने छ, कुनै साथीको birthday सम्झिनु पर्ने छ आदि आदि कुराहरुमा यो साईटको प्रयोग गरेर आफ्नो ईमेलमा रिमाइण्ड मेल पाउन सक्नु हुन्छ र साथ साथै कुनै साथीलाई कुनै कुराको याद दिलाउनु छ भने पनि यो साईट बाट रिमाइण्ड पठाउन सक्नु हुन्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु