सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

विन्डोज सिस्टम Properties प्यानलमा OEM इन्फर्मेसन परिवर्तन गरी आफ्नै राख्ने तरिका


तपाईं आफ्नो कम्प्युटरको System  Properties मा जानु हुन्छ भने तपाईंले त्यहा System Section मा manufacturer's name र logo देख्न सक्नु हुन्छ । के तपाईं त्यहा आफ्नो contact इन्फर्मेसन राख्न चाहनु हुन्छ अथवा त्यहा भएको OEM ( Original equipment manufacturer ) इन्फर्मेसन परिवर्तन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने तल उल्लेखित तरिका अनुसार सजिलै गर्न सक्नु हुन्छ ।

१) सर्वप्रथम तपाईंले त्यहा देखाउन चाहनु भएको logo को एउटा इमेज .bmp फरम्याटमा बनाउनु पर्ने हुन्छ ।
२) logo को size 120x120 पिक्सेल को .bmp फरम्याट मा हुनु पर्नेछ । ( यो size भन्दा ठुलो इमेज बनाउनु भएको छ भने System properties मा auto resize हुन जान्छ र इमेज पुरा देखिन अथवा नदेखिन सक्छ )
३) logo इमेज बनाउन तपाईंले photoshop प्रोग्राम अथवा paint प्रोग्राम प्रयोग गर्न सक्नु हुन्छ ।
४) उक्त logo लाई यो location मा लगेर राखिदिनुहोस्
C:\Windows\System32\oobe\your-logo.bmp


५) अब कम्प्युटरको system registry खोल्नुहोस् त्यसको लागि Run मा गएर regedit टाईप गर्नुहोस् ।
६) कम्प्युटरको system registry चलाऊनु भन्दा अगाडि त्यस्को backup राख्नुहोस् ताकी तपाईंले केही गलत ठाउमा केही चलाऊनु भयो भने पनि फेरी पुरानै system registry गर्न सकियोस ।
७) त्यसको लागि regedit खोलिसके पछी file मेनु मा गएर export मा क्लिक गर्नुहोस् र location दिएर save गर्नुहोस् ।
८) अब regedit  को यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\OEMInformation
९) त्यहा दाँया तिर हेर्नुहोस्. पहिले नै OEM product प्रयोग गरिसकिएको छ भने logo. Manufacturer आदि देखिनेछ र त्यसैलाई edit गरेर आफ्नो नाम अनी logo हाल्न सक्नुहुन्छ ।  यदि छैन भने तपाईं आँफैले new string values create गर्नु पर्ने हुन्छ र त्यसको लागि दाँया दिर राईट क्लिक गर्नुहोस् अनी new लाई highlight गरेर String value मा क्लिक गर्नुहोस् र नाम दिनुहोस् logo,
यस्तै अरु string value पनि बनाउदै जानुहोस्  Manufacturer, contact, support आदि र बनाएको String मा double क्लिक गरेर value data आफुले चाहेको हाल्नुहोस् ।
१०) अब regedit लाई बन्द गर्नुहोस् र आफ्नो कम्प्युटरको सिस्टम properties हेर्नुहोस् केही फरक पाउनु भयो ?

मेरोमा त मैले यस्तो गरे हेर्नुहोस् त ....


Enjoy !!!

3 comments:

Arjun Kumar Bista said...

Sir, there is not Oobe folder. how can i see the oobe folder in system 32 ? please give me suggestion.....

Unknown said...

Maile sabai thok gare tara my computer ma herda Pahila ko jastai dekhinxa kehi pani farak aaudaina ????

Satya J. said...

Please help me... i am not getting.. how to change that...
Answering Machine

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु