सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अब एप्पलले ल्याउँदैछ स्मार्ट घडी

आइफोन निर्माता एप्पलले स्मार्टवाच समेत निर्माण गर्ने भएको छ । प्रविधिको क्षेत्रमा नयाँ प्रयोगमा होमिन
लागेको एप्पलले आउँदो अक्टोबर सम्ममा स्मार्ट घडीको बिक्री सुरु गरिसक्ने लक्ष्य लिएको छ । समाचार अनुसार सुरुका महिनामा एप्पलले ३० देखि ५० लाखसम्म स्मार्टवाच बनाएर बेच्ने लक्ष्य बनाएको छ । एप्पलका ग्याजेटको पार्टस्हरु आपूर्ति गर्ने बेनामी श्रोतलाई उधृत गर्दै जापानी समाचार संस्था निक्केइले तयार पारेको समाचार अनुसार स्मार्टवाचमा रहने फिचर्सहरुको बारेमा अझै पूरै टुंगो लाग्न बाँकी छ । तथापि उक्त घडीमा घुमाउरो ओएलइडी डिस्प्ले रहने पक्कापक्की भैसकेको छ ।


त्यस्तै एप्पलको स्मार्टवाचमा अर्को विशेष फिचर्स रहनेछ, त्यो हो मानिसको स्वास्थ्यका विषयमा डाटा संकलन गरिरहने सेन्सर । यो सेन्सरले घडी प्रयोगकर्ताको रगतको ग्लुकोज, उर्जा उपयोगका साथै निद्राको अवस्था लगायतका विषयमा तथ्यांक संकलन गरिरहनेछ ।
रोयटर्सका अनुसार सामसुङले ग्यालेक्सी गियर स्मार्टफोन बजारमा ल्याएपछि प्रतिस्पर्धी एप्पललाई पनि यस्तै ग्याजेट ल्याउन दबाब परेको हो । आइपड तथा आइफोनपछि तहल्का मच्चाउने खालको नयाँ डिभाइस ल्याउन नसकेको एप्पलका लागि स्मार्टवाचको निर्माणले शेयर बजारमा समेत भारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
एप्पलका प्रमुख कार्यकारी टिम कुकुले यसअघि यो वर्षभित्रमा नयाँ डिभाइस ल्याउने प्रतिबद्धता गरेका थिए । यद्यपि स्मार्टवाचको निर्माण गर्ने विषयमा एप्पलले आधिकारिक रुपमा भने कुनै प्रतिक्रिया जनाएको छैन ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु