सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

जुन होटलमा सम्बन्ध विच्छेद मात्र गराइन्छ | Divorce Hotel |

होटलहरू पनि अजिब अजिबका हुन्छन् । हामीलाई थाह छ कि होटल हरुले विशेष गरेर विभिन्न प्याकेजहरु अफर गरेर ग्राहकहरुलाई लोभ्याउने गर्दछन्। कुनै होटलले हनिमुन प्याकेज अफर गरेर दम्पतीहरूलाई लोभ्याइरहेका लोभयाउने गर्दछन् । तर नेदरल्यान्ड्सस्थित एउटा होटल भने अनौठो र अचम्मको छ । यसले चाहिँ दम्पतीको पारपाचुके गराउँछ । यसको नामै छ– डाइभोर्स होटल डटकम । तलाकका लागि आवश्यक सम्पूर्ण व्यवस्था तयारी हालतमा राखेको एक मात्र होटल ।



यो होटेल आफूले निकै किफायती अनि सहज तरिकाले डाइभोर्स गराउने गरेको दाबी गर्छ । भन्छ– ‘परम्परागत तरिकाले महँगो मूल्यमा डाइभोर्स गराउनुको साटो उच्चकोटिका पेसेवर वकिलहरूसहितको हाम्रो होटेलमा आए दुई–तीन दिनमै आरामले डाइभोर्स गराएर पठाइदिन्छौँ ।’ होटेलका निर्देशक जिम हालफेन्स भन्छन्– ‘पूरै दुनियाँ हाम्रो यो नयाँ योजनाबारे ध्यान दिएर हेरिररहेको छ । हाम्रो उद्देश्य एउटै हो– झटपट तलाक गरिदिनु ।
तपाईं आफ्नो पार्टनरसँग छुट्टिने निर्णय गर्नुहुन्छ र त्यसका लागि परम्परागत तरिका अपनाउनुहुन्छ भने ठूलो झन्झटको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यदि तपाईं शतप्रतिशत तलाकको निर्णय गर्नुहुन्छ भने हाम्रोमा आउनुस् अनि बिनाझन्झट छुटकारा पाउनुस् ।’ नेदरल्यान्डमा यो होटेलका २० वटा शाखा छन्, जहाँ तपाईं यहाँका वकिलको टिममध्येबाट एक जनाको सहयोगमा १५० युरो प्रतिघन्टा वा ११९९ युरोबराबरको निश्चित रकम तिरेर तलाक हासिल गर्न सक्नुहुन्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु