सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अब गुड्नेछ पिसाबबाट कार


पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।

मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् ।



दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।
कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।

वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।

फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिएमा निकै सस्तोमै विद्युतिय उर्जा उत्पादन गर्न सकिने दाबी वैज्ञानिकहरुको छ । वैज्ञानिक टोलीका प्रमूख जोङ सुङ यु का अनुसार पिसाबलाई फोहरको साटो उपयोगी वस्तुको रुपमा प्रयोग गर्न सकिएमा त्यसले वातावरणीय लाभ समेत प्राप्त गर्न सकिनेछ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु