सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एप्पलले ल्याउँदैछ आइप्याड एयर-टू


एप्पलका फ्यानहरु आइफोन सिक्सको व्यग्र प्रतिक्षामा रहेका बेला नयाँ खबर सार्वजनिक भएको छ । एप्पलले नयाँ आइफोन सार्वजनिक गरे लगत्तै नै नयाँ आइप्याड निर्माण गर्ने समाचारहरु सार्वजनिक भएका हुन् ।


कोरियाली समाचार माध्यमहरुका अनुसार एप्पलले यो महिनाको अन्त्यतिरै नयाँ पुस्ताको आइप्याड एयर -आइप्याड एयर टू) निर्माण सुरु गर्नेछ । यसका पार्टस् निर्माता तथा आपूर्तिकर्ताहरु तयारीमा जुटिसकेका बताइएको छ ।



आइप्याड एयर टू अहिलेसम्मकै सबैभन्दा सुरक्षित ट्याबलेट हुने दाबी गरिएको छ । यसमा आइफोन फाइभ एसमा जस्तै ८ मेगा पिक्सेलको क्यामरा, उच्चस्तरीय प्रोसेसर रहने छ । साथै यसमा फिंगरपि्रन्ट स्क्यानर समेत रहनेछ ।

नयाँ अपरेटिङ सिस्टम आइओएस ८ का सुरक्षा फिचर्सहरुका कारण पनि आइप्याड एयर टू अहिलेसम्मकै सबैभन्दा सुरक्षित आइप्याड हुने बताइएको छ ।

म्याक र्युमर्सका अनुसार भने यो नयाँ आइप्याडको डिस्प्लेको निर्माण कार्य सुरु भैसकेको छ । यसलाई हेर्दा आउँदो अक्टोबरमा यो एप्पलले नयाँ आइप्याड बजारमा ल्याउने छाँटकाँट देखिएको छ । पहिलो पुस्ताको आइप्याड एयर सन् २०१३ को नोभेम्बरमा सार्वजनिक भएको थियो । आइफोन ६ आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने अड्कल काटिएको छ ।

एयर टू मा पनि पुरानै ट्याबलेटकै आकारको ९.७ इन्चको रेटिना एलसिडी डिस्प्ले स्क्रीन रहनेछ । साथै ०.३ इन्च मोटो, ४७० ग्राम तौलको रहनेछ । अहिलेको आइप्याडमा एयरमा ५ मेगापिक्सेल क्यामरा रहेकोमा एयर टू मा ८ मेगापिक्सेलको क्यामेरा हुनेछ । साथै यसमा आइसाइट टेक्नोलोजी पनि हुनेछ जसका कारण कम प्रकाशमा समेत तस्वीर खिच्न सहज हुनेछ र धिमा गतिको भिडियो खिच्न पनि सम्भव हुनेछ ।

नयाँ ट्याब्लेटमा ए एट प्रोसेसर हुनेछ जुन अघिल्लो ए सेभेन भन्दा ५० प्रतिशत बढि कामयावी हुन्छ । साथै यसमा आइप्याड खोल्नका लागि टच आइडी फिंगरपि्रन्ट सेन्सर हुनेछ । यो प्रविधि आइफोन फाइभ एसमा पनि छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु